Wednesday, April 14

चकलेटी हिरो अनमोल केसीको जन्मदिन आज, कति वर्ष पुगे उनी ! हेर्नु`होस्

March 30, 2021 142

फिल्म ‘होस्टेल’ बाट नेपाली फिल्म क्षेत्रमा कदम राखेका अभिनेता अनमोल केसीले आज आफ्नो २६ औँ जन्मदिन मनाउँदै छन् ।अभिनेता भुवन केसी र अभिनेत्री सुस्मिता बोम्जनका पहिला र एकल सन्तान अनमोल अहिलेको समयमा सम्पूर्ण युवा पुस्ताहरुको रोजाइमा पर्ने अभिनेता हुन् ।

अनमोललाई उनका बुवा भुवन केसीले जन्मदिनको शुभकामना दिएका छन् । उनले उमेर जती नै बढेपनि आफना लागि अनमोल सधै नै स्मार्ट बच्चाको रुपमा रहने रहने बताएका हुन् । कोरोना भाइरसको कारण अनमोलले भव्य रुपमा जन्मदिन मनाउने कुनै योजना भने बनाएको बुझिएको छैन । उनले हालसम्म ८ वटा फिल्महरुमा मुख्य भुमिकामा अभिनय गरिसकेका छन् ।

 

युवा पुस्तामा उनका फ्यान फलोविङ्ग, स्टारडम र क्रेज अत्यधिक मात्रामा भएकोले पनि निर्माताहरु फिल्ममा काम गरेबापत मोटो रकम खर्चिन हिचकिचाउदैनन । ‘ए मेरो हजुर ४’ को छायांकन सकेपछि उनि आफ्नै होम प्रोडक्सनमा निर्माण हुन लागेको फिल्म ‘एन्टी हिरो’ र माधव वाग्लेको फिल्म ‘पारस’ को छायांकनलाई अगाडि बढाउने छन् ।

चकलेटी हिरोको रुपमा परिचीत अनमोल वास्तविक जीवनमा पनि उत्तिकै व्यवहारिक छन् । यतिबेला अनमोललाई शुभचिन्तक, चलचित्रकर्मीहरुले सामाजिक संजालको माध्यमबाट जन्मदिनको शुभकामना दिइरहेका छन् ।

जन्मदिनको शुभकामना दिँदै अनमोलका पिता भुवन केसी

प्रतिकृया दिनुहोस्