Monday, October 25

होली खेल्ने क्रममा युवतीलाई जबरजस्ती अबिर दल्दा ग्याङ फा’इट : भीरबाट ल’डाएर २ जनाको ह’त्या

March 29, 2021 194

बल्देधुरी भन्ने स्थानमा होली खेल्ने क्र’ममा दुुई समूहबीच झ’डप हुँदा दुुई जनाको मृ’त्यु भएको छ । बागलुङको निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको सिमाना बल्देधुरीमा होली खेल्न गएको बागलुङका युवाहरुको दुुई समूहबीच झडप हुँदा निसिखोला गाउँपालिका ७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईको मृ’त्यु भएको बागलुङका प्रहरी प्रमुख एसपी कृ’ष्ण बहादुर पल्लीमगरले रातोपाटीलाई बताए । घ’टनामा निसीखोलाका केही युवाहरु घा’इते भएका छन् ।

यस्तो छ घ’टना विवरण :

बल्देधुरीमा प्रत्येक वर्ष होलीका दिन त्यहाँ नाचगान हुन्छ । आइतबार पनि बागलुङको ब’डिगाड गाउँपालिका वडा नम्बर १० का युवाहरुको समूह त्यहाँ होली खेल्नका लागि बल्देधुरी चौरमा पुुगेको थियो ।

यता निसिखोला गाउँपालिका–७ राजकुटका करिब २५ जना युवाहरुको समूह पनि मदिरा सेवन गरेर विभिन्न व्यक्तिहरुलाई अबिर दल्दै बडिगाड गाउँपालिका–१० दर्लिङ हुँदै बल्देधुरीतर्फ जाँदै थिए । सोही क्रममा राजकुटका युवाहरुले दर्लिङमा बन्दै गरेको भानु माविमा काम गर्ने मजदुरहरुलाई पनि कु’टपिट गरे । सो समूहले दर्लिङकै केही स्थानीय यु’वाहरुलाई पनि कु’टपिट गरेको बडिगाड गाउँपालिका-१० का वडाअध्यक्ष वीरेन्द्र बुढाले बताए ।

राजकुटका यु’वाहरुको समूह आफ्नो गाउँमा आएर आफ्नै युवाहरुलाई कु’टपिट गर्न थालेपछि दर्लिङका स्थानीयहरु आक्रोशित थिए । यता, राजकुटका युवाहरुको समूह दर्लिङ गाउँ हुँदै बल्देधुरी चौरमा पुगे जहाँ दर्लिङका युवायुवतीको समूह पहिलेदेखि नै होलीका क्रममा नाचगान गरिरहेका थिए ।

राजकुटका युवाहरुको समूह बल्देधूरी पुगेपछि दर्लिङका युवा तथा युवतीहरूलाई अबिर दल्न थाले । युवतीहरूलाई सहमतिबिना अभद्र किसिमले जबरजस्ती अबिर दल्न थालेपछि त्यहाँ विवाद सुरु भयो । दुबै समूहका अ’धिकांश युवाहरुले मदिरासमेत सेवन गरेका थिए जसले विवादले झनै उग्ररूप लिन पुग्यो ।

राजकुटका युवाहरुको समूह आफ्नो गाउँमा आएर आफ्नै चेलीबेटीलाई अभद्र व्यवहार गरेको सुनेपछि दर्लिङका गाउँलेहरु भेला भएर बल्देधुरी पुगे । त्यसपछि दुबै समूहका युवा र गाउँलेबीच झडप भयो । सो झडपमा निसिखोला गाउँपालिका–७ राजकुटका युवाहरुलाई छानीछानी कुटपिट गरियो । केही युवाहरु त्यहाँबाट भागे । युवाहरुलाई मरणासन्न हुनेगरी कुटपिट गरेपछि राजकोटका दुईजना युवाहरु ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईलाई बल्देधुरी चौरको भीरबाट फालियो । दुवै युवाको मृ’त्यु भयो ।

यु’वाविहीन छ दर्लिङ गाउँ

अपरान्ह करिब ४ बजे दुई जनाको मृ’त्यु भएपछि दुबै समूहका युवाहरु तितरबितर भए । घ’टनाबारे प्रहरीलाई जानकारी आएपछि करिब साँझ ७ बजे स्थानीय प्रहरी घ’टनास्थलमा पुग्यो । घ’टनास्थल स्थानीय प्रहरी चौकीबाट सवारीसाधनबाट करिब ३ घ’ण्टाको दूरीमा पर्छ भने जि’ल्ला सदरमुकामबाट करिब ७ घ’ण्टाको यात्रामा पुग्न सकिन्छ । जिल्ला प्रहरी कार्यालयको टोलीपनि राति करिब ११ बजे घ’टनास्थल पुुगेको थियो । घ’टनास्थल पुगेर राती करिब १ बजे भीरबाट फालिएका युवाहरुको उ’द्धार गरिएको थियो, जतिबेला उनीहरुको मृ’त्यु भइसकेको बागलङुका एसपी कृष्ण बहादुर पल्लीमगरले बताएका छन् । उ’द्धारपछि युवाहरुको शव स्थानीय स्वास्थ्य चौकीमा राखिएको छ ।

घ’टनालगत्तै बडिगाड गाउँपालिका १० दर्लिङ गाउँका युवाहरु फरार भएका छन् । घ’टनालगत्तै स्थानीय युवाहरु गाउँ नजिकैको जङ्गलतर्फ भागेको निसीखोला गाउँपालिका–७ का वडाध्यक्ष तेजेन्द्र विक्रम कुँवरले बताए । उनले भने, ‘हामी राति घ’टनास्थलमा पुग्दा गाउँ नजिकैको जङ्गलमा बत्ती बलेको देखिएको थियो । सायद दर्लिङका युवाहरुको समूह नै जङ्गलमा रहेको हुनुपर्छ ।’

बागलुङ प्रहरी प्रमुख एसपी कृ’ष्ण बहादुर पल्लीमगरका अनुसार अहिले शवको उ’द्धार मात्रै गरिएको छ । यतिबेलासम्म घटनामा संलग्न कसैलाई पनि प’क्राउ गरिएको छैन र घटनाबारे बुझ्ने काम भइरहेको छ । घटनाको कारण के हो भन्ने रातोपाटीको प्र’श्नमा एसपी मगरले भने, ‘हामी रातिमात्र यहाँ आइपुग्यौँ । राति १ श’वको उ’द्धार गर्यौँ । घ’टनाबारे थप बुझ्ने काम गरिरहेका छौँ । घ’टनाको कारण के हो भन्ने अहिले नै भन्न सक्ने अवस्थामा छैनौँ ।’

प्रतिकृया दिनुहोस्