Sunday, April 11

गहुँबारीमा यसरी किसानको गहुँ काट्दै भेटिए विप्लव (भिडियोसहित)

March 29, 2021 25

प्रतिबन्ध फुकुवा भएपछि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताहरू राजनीतिक मुद्दा र भेटघाटका साथै समाजसेवा गरिरहेको तस्बिर सार्वजनिक भएको छ ।

पार्टीको गतिविधीबारे आम चाँसो बढिरहेका बेला महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ गृहजिल्ला कपिलवस्तुमा किसानको गहुँ काटिरहेको खबर बाहिरिएको छ । सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिपछि निकै व्यस्त विप्लव पहिलो पटक सार्वजनिक रुपमा किसानको गहुँबारीमा देखिएका हुन् ।

काठमाडौँमा राजनीतिक भेटघाट गरेर कपिलबस्तु पुगेका विप्लव पार्टीका स्थानीय नेता कार्यकर्तालाई साथमा लिएर शिवगढीका स्थानीयको गहुँबारीमा गहुँ काट्न बारीमा बताइएको छ । विप्लव हँसिया बोकेर गहुँबारीमा पुगेपछि स्थानीयहरु हर्षित भएका छन् ।

गत फागुन २१ गते सरकारसँगको तीन बुँदे सम्झौता पछि उक्त पार्टीले शान्तिपूर्ण ढङ्गले आफ्ना गतिविधि सञ्चालन गर्ने प्रतिबद्धता जनाएको थियो।

 

प्रतिकृया दिनुहोस्