Saturday, April 17

होलीमा रंगको साटो एसिडले छ्याप्दा यस्तो हालत भयो हेर्नुस।

March 29, 2021 45

काठमाडौं । होली खेल्दा रंगमा पानीको साटो एसिड मिसाएर छ्यापिएको छ । हिजो काठमाडौंको साँखुमा होलीको रंगमा पानीको साटो एसिड मिसाएर छ्याप्दा ३ विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ ।

होली खेल्ने क्रममा दुध डेरीमा रहेको एसिडलाई पानी सम्झिएर रंग मिसाएर छ्याप्दा यो घटना भएको प्रहरीले जनाएको छ ।

शंखरापुर नगरपालिका–१ स्थित चापाकोटमा हिजो होली खेल्दा एसिड छ्यापेपछि १६ वर्षीय किशोर, ९ वर्षका र ११ वर्षका बालक घइते भएका छन् । घाइतेको साँखु स्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छन् ।

पानी भनेर एसिड छ्याप्ने १७ वर्षीय पवन पहाडी र १८ वर्षीय आकाश तामाङलाई पक्राउगरिएको प्रहरीले जनाएको छ । आरोपी र घाइतेको बीचमा समान्य चिनजानमात्र भएको प्रहरीले जनाएको छ ।

पानी माग्दा पानीको साटो सल्फ्युरिक एसिड भएको ग्यालिन दिएका थिए । उक्त तरल पदार्थएसिड भनेर नचिनेपछि उनीहले दलेको प्रहरीको प्रारम्भिक अध्ययनले देखाइएको छ । घटनापछि दुग्ध देरी संञ्चालकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रतिकृया दिनुहोस्