फागुन १० गते राति घरमा सुतिरहेको अवस्थामा ओछ्यानसहित बे, प, त्ता भएका महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–५ का ६५ वर्षीय मुसाफिर झा र ५८ वर्षीया गीतादेवी झा दम्पतीको आज अपराह्न कङ्काल फेला परेको छ । प्रदेश नं २ का प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले छुट्टाछुट्टै दुईवटा प्लाष्टिक बोरामा शरीरका सबै मासु गलिसकेको र कङ्काल मात्रै बाँकी रहेको अवस्थामा झा दम्पती शव फेला परेका जानकारी दिए । दुवै कङ्काल झा दम्पतीकै रहेको निजका छोरा मनिषकुमार झाले पहिचान गरेको प्रहरी नायब महानिरीक्षक सिंहले बताए ।
काठमाडौँ । सुनको मुल्यमा गिरावट आएको छ भने चाँदीको मुल्य स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ६ सयले घटेर ८६ हजार ३ सयमा कारोबार भइरहेको छ ।यस अघि विहिबार छापावाला सुन तोलाको ८६ हजार ९ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ८६ हजार ८५० रहेको छ । त्यसैगरी आज चाँदीको मुल्य स्थिर रहदै आज प्रतितोला १२ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिकृया दिनुहोस्