Monday, November 29

२३९ यात्रुसहित चीन गइरहेको विमानमा अमेरिकी सेनाले मिसाइल हा,ने

March 29, 2021 418

काठमाडौं। मलेसियन एयरलाइन्सको विमान एमएच ३७० ले बोकेर चीन लैजाँदै गरेका विद्युतीय उपकरणहरु जफत गर्ने प्रयासमा विफल भएपछि अमेरिकी वायु सेनाले यो विमानमा मिसाइल आ, x क्र, x म, x ण गरेको र सो आ, x क्र, x म, x णका कारण विमान हिन्द महासागरमा दु, र्घटना हुँदा २३९ जना यात्रुको ज्या. x न ग, xएको एक नयाँ पुस्तकमा दावी गरिएको छ । खोज पत्रकार फ्लोरेन्ट डे चाङ्गेले आफ्नो नयाँ पुस्तकमा अमेरिकी सेनाले सिग्नल जाम गर्ने प्रविधिको प्रयोग गरेर यो विमानमार्फत गइरहेको कन्साइनमेन्ट नि, x य, x न्त्रणमा लिने प्रयास गर्दा दुर्घटना भएको दावी गरेकी छिन् ।

द सनमा प्रकाशित रिपोर्टअनुसार चाङ्गेले आफ्नो नयाँ पुस्तक ‘द डिस्एपियरिङ एक्टः द इम्पोसिबल केस अफ एमएच ३७०’ मा आफूले इतिहासकै सबैभन्दा ठूलो उड्डयन रहस्यमाथि ७ वर्षसम्म गरेको अनुसन्धानपछि आफूले स्थापित गरेका थ्योरीहरु विस्तृत रुपमा लेखेकी छिन् । डि चाङगेले यो घटनालाई बिडम्बनापूर्ण भन्दै आधिकारिक घटनाहरु छलमा आधारित भएको भनेकी छिन् । यो बोइङ ७७७ विमान पूर्वनिर्धारित रुपमा क्वालालम्पुरबाट बेइजिङको लागि उडेपछि एक घण्टाभित्रै नाटकीय परिवर्तन भएर विमान हिन्द महासागरमा दुर्घटना भएको देखिन्छ ।

डि चाङगेले भने निष्कर्षलाई डाइभर्सन अपरेशन भनेकी छिन् जसलाई पछिल्लो समयमा सबैभन्दा ठूलो गल्ती लुकाउने प्रयासको संज्ञा पनि दिएकी छिन् । ४ सय पेजको पुस्तकमा फ्रान्सकी यी पत्रकारले अमेरिकी वायु सेनाले यो विमानलाई नि, यन्त्रणमा लिन खोजेको बताएकी छिन् । अमेरिकी वायुसेनाले यो विमानलाई ट्रयाकिङ टेक्नोलोजी प्रयोग गरेर राडारमा नदेखिने बनाएको र यसैले विनाशकारी परिणाम ल्याएको बताएकी छिन् ।

डि चाङगेका अनुसार एमएच ३७० ले विद्युतीय उपकरणको शिपमेन्ट बोकेर चीन जाँदै थियो र यसलाई अमेरिकाले स्वीकृत गरेको थिएन । पुस्तकमा उनले अमेरिकी सेनाले यो विमानलाई रिरुट गर्ने प्रयास गर्दा विफल भएपछि मिसाइल हा, x नेर उ, x डाइदिएको र अहिलेसम्म यो विषयलाई ढा, x कछो, x प गर्ने प्रयास गरिरहेको दावी गरेकी छिन् । उनका अनुसार शिपमेन्टमा २.५ टन ‘कमजोर दस्तावेजीकरण गरिएका मोटोरोला विद्युतीय उपकरण’ थिए । यिनीहरु ठिकसँग सुरक्षा मापदण्ड पुरा गरेका थिएनन् र यिनीहरु अमेरिकाका थिए ।

डि चाङगेका अनुसार सम्भवतः यो विमानको म्याग्नेटिक फिल्ड ब्लक गरेर यसलाई राडारबाट गायब पार्नको लागि २ वटा अमेरिकी एयरबर्न अर्ली वार्निङ विमानहरु यसको तल र माथि उडेका थिए । डि चाङगेले लेखेकी छिन् ‘विमानलाई मिसाइल हा, x न्नु ठूलो गल्ती हुन सक्छ तर विमान र यसको विशेष कार्गोलाई चीनको हातमा जानबाट रोक्ने अन्तिम प्रयास पनि थियो ।’ डि चाङगेले यो विषयमा मार्च २०१४ देखि खोजी सुरु गरेकी थिइन् ।

मलेसियन एयरलाइन्सको विमान एमएच ३७० २०१४ को मार्च ८ देखि बे, x प, x त्ता छ । यो विमान अन्तिम पटक दक्षिण चीन सागरमाथि राडारमा देखिएपछि बे, x प, x त्ता छ । यो विमान हिन्द महासागरमा दुर्घटना भएको अनुमान गरिएको छ । यसमा २२७ यात्रु र १२ जना चालकदलका सदस्य गरी कूल २३९ जना थिए । यी यात्रुमध्ये १५३ जना चिनियाँनागरिक थिए ।

प्रतिकृया दिनुहोस्