Friday, July 30

बागलुङमा होली मनाउदा ‘झडप’, करिब १५ युवा यसरी भिरबाट खसेको आशंका (भिडियोसहित)

March 29, 2021 2113

बागलुङमा होली मनाउदा ‘झडप’, करिब १५ युवा यसरी भिरबाट खसेको आशंका (भिडियोसहित)
बागलुङको बडिगाड–१० दर्लिङ बल्देधुरीमा युवा समूहबीच झ-डप हुँदा दुई जनाको मृत्यु भएको छ ।

फागु पूर्णिमाको अवसर पारेर घुमघामका लागि बल्देधुरीमा गएका दुई यूवा समुहविच झ डप हुँदा निसीखोला गाउँपालिका–७ का ३६ वर्षीय प्रकाश कुँवर र सोही ठाउँका ३४ वर्षीय दीपक दमाईको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी नायव निरिक्षक मंगल गुरुङले जानकारी दिए ।

बुर्तिबाङबाट खटिएको प्रहरी टोलीले दुई जनाको श व भेटाएको छ । दुई समुह विच झ डप हुने क्रममा धुरीबाट प ल्टीएर उनिहरुको ज्या न ग एको हुन सक्ने आशंका गरिएको छ ।

सयौँ युवाहरु भेला भएर होली खेल्ने क्रममा भएको झ डपका क्रममा १५ जना युवा भीरमा ख सेको अनुमान गरिएको छ। जसमा अहिलेसम्म दुईजनाको श व भीरमा खसेको अवस्थामा भेटिएको बडिगाड गाउँपालिका-१० का वडाध्यक्ष वीरेन्द्र बुढाले बताए।

स्थानीयकाअनुसार झ डपपछि बागलुङकै निसीखोला गाउँपालिका-७ र बडिगाड गाउँपालिका-१० का करिब १५ युवा बे पत्ता भएको बताइएको छ।

होली मनाउन गएका युवाहरूबीच झ डप हुँदा दुई निसिखोला गाउँपालिका-७ का ३६ वर्षीय प्रकाश कुँवर र त्यही ठाउँका ३४ वर्षीय दीपक दमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी इकवाल हवारीले बताए।

उनका अनुसार दुई युवा समूहबीच झ डप भएको हो । ‘घटनास्थल पुगेको प्रहरी टोलीले अहिलेसम्म दुई जनाको श व जंगलमा फेला पारेको छ’, उनले भने, ‘अँध्यारो भएकाले अरु बे-पत्ताको खोजीमा भोलि बिहानैदेखि जुट्ने छौँ।’

स्थानीयवासीका अनुसार होली खेल्ने क्रममा गाई भैंसी चराउने भीरमा करिब १० देखि १५ युवा प ल्टिएका थिए। उनीहरुको दिनभर खोजी गरिएको थियो।

प्रतिकृया दिनुहोस्