Monday, November 29

दुखद खबर, बस र स्कुटर ठोक्किँदा एकै घरका ३ जनाकाे मृत्यु

March 28, 2021 219

चितवन: यात्रीवहाक बस र स्कुटर ठोक्किँदा स्कुटरमा सवार तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा भरतपुर महानगरपालिका वडा नम्बर–६, गीतानगरका स्कुटर चालक मोहन अधिकारी, स्कुटरमा सवार उनकी छोरी विनीसा र मोहनका दाइकी छोरी दिवीसाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटना शनिबार साँझ करिब ६ बजेर २० मिनेटमा भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ । भरतपुर–माडीठोरी सडकखण्डको पकौडी भन्ने स्थानमा जगतपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना५ख २१५० नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना४०प ७०८२ नम्बरको स्कुटर एकापसमा ठक्कर खाएको हो ।

प्रतिकृया दिनुहोस्