Tuesday, July 27

नेपाल भारत नाकामा कडाई,अनावश्यक आवागमनमा रोक : भारतबाट फर्किएका एक युवकमा संक्रमण पुष्टि !

March 27, 2021 303

नेपालगञ्ज – भारतमा दोस्रो चरणको कोरोना संक्रमण बढेसंगै यहाँस्थित नेपाल भारत सीमानाको जमुनाह नाकामा शुक्रवारबाट कडाई शुरु गरिएको छ । भारतमा कोरोना बढे पछि नेपालमा पनि फैलिन सक्ने आशंकामा सीमानामा हुँदै आएका अनावश्यक आवागमनलाई बन्द गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुमवांगले जानकारी दिनुभयो ।उहाँले गृहमन्त्रालय र स्वास्थ्य मन्त्रालयबाट पत्र आए लगत्तै नेपाल भारत सीमानामा हेल्थ डेस्क स्थापना गरेर स्वास्थ्य परीक्षण शुरु गर्नुका साथै अनावश्यक आवागमनलाई बन्द गरिएको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्