Sunday, April 11

श्रीमान र छोराछोरी छोडेर भारतीयसँ‌ग भागेकी कञ्चनपुरकी भागरथी राना कसरी ला’श बनेर फर्किइन् !

March 27, 2021 639

धनगढीः कुरा यही चैत्र ६ गते शुक्रबारको हो। कञ्चनपुरको बेलौरी नगरपालिका ४ रिछाहाका मोली राना सधैँझैँ बिहानै ४ बजे उठेर काममा निस्किन्छन्। इटा भ’ट्टामा काम गर्ने उनी महेन्द्रनगर इटा पुर्याउनुपर्ने हुँदा बिहानै निस्किन्छन्। उनकी १२ वर्षीया छोरी प्रिती र ७ वर्षीय छोरा नैतिक राना पनि विद्यालय जानका लागि निस्किन्छन्। स्थानीय महाकालीमाध्यमिकविद्यालयमा प्रिती कक्षा ६ र नैतिक कक्षा ४ मा अध्ययनरत छन्। भिडियो हेर्न तल क्लिक गर्नुहोला

दिनहुँ बिहान ४ बजे घरबाट गएर साँझ ६ बजे घर फर्कने गरेका मोली त्यो दिन भने अलि चाँडो आएर पसलमा चिया पिउन बस्छन्। साँझतिरको कुरा हो। उनका छोरा नैतिक आमा घरमा नभएको भन्दै बुवा मोलीलाई बोलाउन आउँछन् । छोराले आमा घरमा नभएको बताएपछि मोली पसलबाट घरतिर हिँड्छन्।

प्रतिकृया दिनुहोस्