Saturday, April 17

जङ्गलमा लागेको अागाे बस्तिमा सल्किदा तेह्रथुम फेदाप १ सिम्लेमा १५ बढि घर जलेर नष्ट ।

March 26, 2021 101

जङ्गलमा लागेको अागाे बस्तिमा सल्किदा तेह्रथुम फेदाप १ सिम्लेमा १५ बढि घर जलेर नष्ट ।

“काठमाडौं, शुक्रबार दिउँसो काठमाडौं विश्वकै पहिलो प्रदुषित शहरमा परेको छ । विश्वको प्रदूषण मापन गर्ने आइक्यू एयर डट कमले शुक्रबार दिउँसो केहीबेर काठमाडौंलाई विश्वकै पहिलो वायु प्रदूषित शहरमा राखेको हो । प्रदूषित शहको लिष्टको दोस्रोमा चीनको राजधानी बेइजिङ रहेको छ । तेस्राे नम्बरमा भारतकाे मुम्बइ, चाैँथाे नम्बरमा बंगलादेशकाे ढाका र पाँचाैँ नम्बरमा चीनकाे वुहान रहेकाे छ ।”

“काठमाडौंमा प्रदुषण बढ्दा हवाइ उडानमा समेत असर परेको छ । त्रिभूवन विमानस्थल स्रोतका अनुसार शुक्रबार मध्यान्नबाट उडान तथा अवतरण दुवै बन्द गरिएको छ । भारतको विभिन्न स्थानबाट उडेर आएको धुलोका साथै काठमाडौं उपत्यकामा सुख्खापन छाएका कारण वायु प्रदुषण भएको बिज्ञहरुको भनाइ छ ।”

“वायु प्रदुषका कारण भिजिविलिटी कम भएकोले त्रिभूवन अन्तर्राष्ट्रिय विमास्थलबाट हुने उडानहरु प्रभावित भएको विमानस्थल स्रोतले जनाएको छ ।”

“शुक्रबार काठमाडौंबाट उड्ने दर्जनौँ उडानहरु प्रभावित भएकाे त्रिभूवन अन्तर्राष्ट्रिय विमास्थल स्राेतले जनाएकाे छ । जसमा सबैभन्दा धेरै भरतपुरको उडानहरु प्रभावित भएको विमास्थल स्रोतले जनाएको छ ।”

“नेपालकै तराई क्षेत्रमा भइरहेको आगलागी र सुख्खा बढेको कारण पनि काठमाडौको आकाशमा प्रदुषण छाएको विज्ञहरुको भनाइ छ । वायु प्रदुषणका कारण मानव स्वास्थ्यमा पनि नकारात्मक असर पर्ने भएकाले सचेत रहन विज्ञहरुले आग्रह गरेका छन् ।”

“विज्ञहरूले बाहिर ननिस्कन तथा निस्कनै परे मास्क अनिवार्य लगाउन आग्रह गरिएको छ ।”

 

प्रतिकृया दिनुहोस्