Wednesday, April 14

धनुषामा ट्रकको ठ’क्कर बाट प्रहरी सहायक निरिक्षकको मृ’त्यु

March 26, 2021 69

काठमाडौं : धनुषामा ट्रक र मोटरसाइकल ठो’क्किँदा मुख्यमन्त्री कार्यालयमा कार्यरत एक जना प्रहरी सहायक निरीक्षकको मृ,त्यु भएको छ । धनुषाको मिथिला नगरपालिका-१० लालगढ स्थित मोडल अस्पताल नजिक शुक्रबार बिहान करिब साढे दुई बजेतिर एउटा ट्रकले प्रहरी

सहायक निरीक्षक मदनजंग कापर सवार लु ५३ प ८५७५ नम्बरको मोटरसाइकललाई ठ’क्कर दिँदा उनको मृ,त्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए।

डिएसपी मिश्रका अनुसार कापर प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको पिएसओको रूपमा कार्यरत थिए । ‘असईसाब आफ्नो ड्युटी सकेर घर जाँदै हुनुहुन्थ्यो, त्यही बेला ट्रकले ठ’क्कर दिँदा उहाँको मृ,त्यु भएको हो,’ डिएसपी मिश्रले भने,

‘हामीले आज बिहान करिब साढे ४ बजेमात्रै यसबारे जानकारी पाएका हौं।’ कापरको श,व जनकपुरधाम स्थित प्रादेशिक अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनलाई ठ’क्कर दिने ट्रक र चालकलाई प्रहरीले फे’ला पार्न सकेको छैन । डिएसपी मिश्रका अनुसार कापर प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको पिएसओको रूपमा कार्यरत थिए।

प्रतिकृया दिनुहोस्