Wednesday, April 14

बधाई छ : भारतमा ४० वर्ष जेल बसेका दुर्गाप्रसादले पाए नेपाली नागरिकता

March 25, 2021 272

भारतमा ४० वर्ष जेल बसेर नेपाल फर्किएका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी)ले नेपाली नागरिकता पाएका छन् । उनले विहीबार जिल्ला प्रशासन कार्यालय इलामबाट नागरिकता लिएका हुन् । उनलाई सहायक सिडिओ झरेन्द्र प्रसाद चापागाई र प्रमुख प्रशासकीय अधिकृत देवीचरण फुयाँलले नागरिकता प्रदान गरे । दुर्गाप्रसादको परिवारले नागरिकताका लागि चासो देखाएपछि जिल्ला प्रशासन कार्यालयले पनि सहजीकरण गरिदिएको थियो।

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरसको संक्रमण बढेको भन्दै सार्वजनिक स्थानमा आवतजावत गर्दा मास्क प्रयोग नगर्ने र स्वास्थ्यका मापदण्ड पुरा नगर्नेलाई कारबाही गर्ने जनाएको छ । जिल्ला प्रशासनले बुधवार एक विज्ञप्ति जारी गर्दै यस्तो जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ,‘कोभिड–१९ सम्भाव्य जोखिमहरुको न्यूनिकरा गरी संक्रमण बढ्न नदिन सार्वजनिक स्थलमा भिडभाड नगर्ने, फागू पर्वको अवसरमा सार्वजनिक स्थलमा भिडभाड नगर्ने, होली पर्वलाई आफ्नो घर भित्र नै सिमित रही सामाजिक, सांस्कृितक मर्यादा अनुसार खेल्ने, घर बाहिर तथा सार्वजनिक स्थान, सार्वजनिक यातायात प्रयोग गर्दा अनिवार्य मास्क, सेनिटाइजर र सामाजिक / भौतिक दुरी कायम गरी स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरिएको छ ।’

प्रशासनले भारतसँगको खुला सीमानाका कारण सीमानाकाहरुबाट आउने मानिसहरु दैनिक रुपमा काठमाडौं उपत्यकामा आवतजावत गर्ने क्रम बढ्दै गएको जनाउँदै यस्तो निर्देशन गरेको विज्ञप्तिमा जनाएको हो ।

प्रतिकृया दिनुहोस्