Tuesday, July 27

भारतमा कोरोना संक्रमण तीव्र बनेसँगै नेपालीहरू घर फर्कन थाले, फर्कनेमा संक्रमित पनि

March 25, 2021 346

गौरीफन्टा नाकामा गरिएको परीक्षणमा दुई दिनमा १४ जनामा कोरोना पुष्टि,कैलाली, कञ्‍चनपुर — भारतका विभिन्न राज्यमा कोरोना संक्रमण तीव्र बनेसँगै रोजगारीका लागि त्यहाँ पुगेका नेपालीहरू धमाधम घर फर्कन थालेका छन् । यसरी फर्कनेमा संक्रमितसमेत छन् । स्वदेश भित्रिने क्रममा गौरीफन्टा नाकामा स्वास्थ्य परीक्षण गर्दा पछिल्लो दुई दिनमा १४ जनामा संक्रमण पुष्टि भएको नाकास्थित हेल्थ डेस्कमा खटिएका स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी अमित विकले बताए । अघिल्लो वर्ष यही समयमा संक्रमणको त्रासले घर फर्किएकाहरू आर्थिक जोहो गर्न जोखिमका बीच फेरि भारततिरै लागेका थिए । अहिले भारतमा पुनः पहिलेकै जस्तो अवस्था दोहोरिन थालेपछि उनीहरू धमाधम घर फर्कन थालेका हुन् । ‘उनीहरूसँगै कोरोना पनि भित्रिने डर भयो,’ विकले भने, ‘मंगलबार ६ जनामा पोजिटिभ देखियो, बुधबार ८ जना संक्रमित फेला परेका छन् ।’ उनीहरूलाई होम क्वारेन्टाइनमा बस्न भनिएको छ । हालसम्म कुनै लक्षण नदखिएको संक्रमितहरूले बताएको उनले सुनाए ।

प्रतिकृया दिनुहोस्