Wednesday, April 14

देशराज नेम्बाङको निर्देशनमा ” सुर्यको किरण संगै” सार्बजनिक ( भिडियो सहित)

March 24, 2021 121

समदर्शी सञ्चार प्रालिले ‘सुर्यको पहिलो किरणसँगै’ सार्वजनिक गरेको छ ।

मञ्जील बस्नेतको शब्द संगीत तथा अजय लिम्बू स्वरमा रहेको गीत ‘‘सुर्यको पहिलो किरण सँगै…’’ को म्यूजिक भिडियो सार्वजनिक गरेको हो ।

देशराज नेम्बाङको निर्देशन, सुरज लिम्बुको सह– निर्देशनमा रहेको सो म्युजिक भिडियोमा सुरज लिम्बु र सुुमीजंग रानाको मुख्य भुमिका रहेको छ । अतिथि कलाकारको रुपमा रोशन शंकर अभिनय हेर्न सकिनेछ ।

 

म्यूजिक भिडियोको कथासारः आफुले मनै देखि मन पराएको व्यक्तिलाई मनको कुरा व्यक्त गर्न नसक्दाको पीडा उजागर गरिएको छ । कलेज लाईफमा केटाको सौंख लेखक बन्ने हुन्छ । केटी रोमान्टिक हुन्छे । केटाको कुरा केटीले खासे गहिरो रुपमा लिएको हुदिनन् । जब केटा केटीको नजिक हुन खोज्छ । आफ्नो मनको कुरा व्यक्त गर्न खोज्छ तर केटीले अर्कै संसार रोजी सकेको हुन्छे । यसरी मनभित्रको माया एउटा सम्झनाको रुपमा सिमित हुन्छ ।

 

चुलाचली इलाममा रहेको झण्डीडाँडा लगायत झापा दमकको सेरोफेरोमा छायाङ्कन गरिएको सो भिडियो अरुण राई, सन्देश राई र अन्जान गीरीको छायाङ्नमा बनेको छ ।

भिडियो हेर्न यो लिङ्कका क्लिक गर्नुहोस्ः

 

प्रतिकृया दिनुहोस्