Sunday, April 11

मनकामना केबुलकार बिहीबार बन्द हुने

March 24, 2021 147

काठमाडौँ– मनकामना केबुलकार सेवा बन्द हुने भएको छ । नियमित मर्मत सम्भारका लागि चैत १२ गते बिहीबार एक दिन बन्द गरिने भएको हो ।नियमित मर्मतसम्भारका लागि मनकामना केबुलकार चैत १२ गते बिहीबार बन्द गरिने मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । उनका अनुसार केबुलकार चैत १३ गते शुक्रबारदेखि पुनः नियमित सञ्चालनमा आउनेछ ।

लामो समय बन्द भई सञ्चालनमा आएको मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या बढ्दै गएका छन् ।कोरोना महामारीका कारण नौ महिना बन्द रहेको केबुलकार र मनकामना मन्दिर गत मङ्सिर २८ गतेदेखि सञ्चालनमा आएको हो । केबुलकारबाहेक मोटरबाटो र पैदल हुँदै पनि दर्शनार्थी मनकामना मन्दिर पुग्ने गर्छन् ।यो पनि पढ्नुहोस

उद्योगपति अग्रवाल एमालेमा प्रवेश

उद्योगपति राजेशकुमार अग्रवाल नेपाल कम्युनिष्ट पार्टी एमालेमा प्रवेश गरेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार आयोजित कार्यक्रममा उद्योगपति अग्रवाल एमालेमा प्रवेश गरेका हुन् ।प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमाले प्रवेश गरेका उद्योगपति अग्रवाललाई खादा लगाई स्वागत गरेका थिए ।

 

भैरहवा निवासी ४९ वर्षीय अग्रवाल अर्घाखाँची सिमेन्ट र श्री स्टिल प्रालिको महाप्रबन्धक हुन्। लामो समयदेखि उद्योग व्यवसायीको हितमा कार्यरत उनी नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य समेत हुन्।केही दिन अघि २३५ जना उद्योगी व्यवसायी सामूहिक रुपमा एमाले प्रवेश गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्