Sunday, April 11

रकेट एक महिनामै पुन: प्रक्षेपण गर्न सेनाले सहयोग गर्ने, थापाले जनाए प्रतिवद्धता

March 23, 2021 141

धनुषा। प्रधानसेनापति पूर्णचन्द्र थापाले ‘गरुड’ रकेट बनाइरहेको नेपाली विद्यार्थीहरुलाई नेपाली सेनाले भरपुर सहयोग गर्ने बताएका छन्। धनुषाको भिमानमा रकेटको परिक्षण प्रक्षेपणलाई अवलोकन गर्न पुगेका सेनापति थापाले सेनाको तर्फबाट सहयोगको आश्वासन दिएका हुन्।

गरुड प्रोजेक्टलाई सेनाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको गरुडका एक निर्माणकर्ता मोहन तामाङले बताए।

प्रक्षेपण देखिसकेपछि सेनापति थापाले गरुड प्रोजेक्ट आंशिक रुपमा सफल भएको टिप्पणी गरेका थिए। थापाले यसलाई नराम्रो सोच्‍नु नहुने भन्दै एक महिना भित्रै अर्को प्रक्षेपण गर्न सेनाले सम्पूर्ण सहयोग गर्ने बताएका थिए। गरुड प्रोजेक्ट काम गरिरहेकाहरुले सेनापतिको हौसलाले गरुडको प्रक्षेपणलाई जसरि पनि सफल बनाउन उर्जा मिल्ने बताए।

निर्माण टाेलीले नेपाली सेनासँगकाे सहकार्यमा एक महिनापछि पुनः रकेट प्रक्षेपण गर्ने छ।

त्यस्तै, राष्ट्रिय आविष्कारक केन्द्रका प्रमुख महाविर पुनले इनोभेसन सेन्टरको तर्फबाट अझ सहयोग हुने बताएका छन्। प्रक्षेपणमा सहभागी हुनका लागि नेपाल सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापा, पूर्व सेनापति रुकमाङ्गद कट्‌वाल, राष्ट्रिय आविष्कारक केन्द्रका प्रमुख महाविर पुन लगायत धनुषास्थित नेपाली सेनाको ब्यारेक नजिकैको प्रक्षेपणस्थल पुगेका थिए।

गरुड करिब डेढ सय मिटर आकाशमा उडेपछि हावाकाे बहावका कारण रकेट ‘क्र्यास’ हुन पुगेको छ। याे रकेट १० हजार फिटमाथि पुग्ने अनुमान गरिएकाे थियाे।‘१० सेकेन्डमै क्र्यास भयो। हावाकाे बहावका कारण रकेटले ‘पिक गेन’ गर्न सकेन। आजको अनुभवले हामीलाई धेरै सिकाएको छ। पुनः एक महिनापछि प्रक्षेपण परीक्षण गर्ने योजना ल्याएका छौं,’ तामाङले भने।

लन्च प्याड, हावाको बहाव र मोटरममा फ्युल बर्न राम्रोसँग नुहँदा प्रक्षेपण सफल हुन नसकेको तामाङले बताए। इन्धन राम्रोसँग नबल्दा रकेट थोरै गतिमा मात्रै उडेको तामाङले बताए। ‘लन्च प्याड अलिक धेरै दह्रो भएर हाम्रो रकेटलाई बढी फ्रिक्सन भयो। मोटरमा फ्युल बर्न पनि राम्रोसँग हुन पाएन जसका कारण रकेट जुन गतिमा जानुपर्थ्यो जान सकेन। हावाका कारणले फर्कियो,’ उनले भने।

 

प्रतिकृया दिनुहोस्