Saturday, April 17

टिपरको ठक्करबाट ७ वर्षीय बालिकाको निधन, को हुन् उनी ?

March 22, 2021 86

टिपरको ठक्करबाट ७ वर्षीय बालिकाको निधन, को हुन् उनी ?

काठमाडौं । गएराति बारा जिल्लामा भएको टिपरको ठक्करबाट ७ वर्षीय बालिकाको ज्यान गएको छ । जिल्लाको बिजयपुर–८ का अजय यादव र उनकी ७ वर्षिय छोरी आकृति यादव सवार मोटरसाईकललाई टिप्परले ठक्कर दिँदा आकृतिकोे घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक गौतम मिश्रका अनुसार साँझ सवासात बजेतिर टिपरले बाइकलाई ठक्कर दिएको हो । टिपरसहित चालक बुद्दबहादुर लामालाई नियन्त्रणमा लिएको मिश्रले बताए ।

घटना लगत्तै अस्पताल पु¥याएका यादवको अवस्था चिन्ताजनक रहेको र चालक लामालाई भने चोट पटक नलागेको बताइएको छ । घाइते यादवलाई थप उपचारका लागि काठमाडौंस्थित बि.एन.बि. अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्