Wednesday, April 14

कोरियाबाट लिएर गएको ६ हजार ५८ डलर एअरपोर्टमा ह’रायो, प्रह’रीको सक्रियतामा फेला पार्न सफल समाचार

March 22, 2021 62

चैत्र ६ गते दक्षिण कोरियाको राष्ट्रिय ध्वजाबाहक कोरियन एअरको बिमान काठमाण्डौस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्यो। कोरियन एअरको उडान नम्बर केइ६९५ बाट नुवाकोट जिल्ला लिखु गाउँपालीका वडा नं. २ स्थायी ठेगाना भएका २८ बर्षिय राम कुमार ढकाल पनि नेपाल फर्केका थिए।

त्यसदिन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आगमन कक्षको भन्सार क्षेत्रमा उनको ६ हजार ५८ अमेरिकी डलर ह’रायो। सायद यो पैसा उनले कोरियामा ५ बर्ष दु’ख गरि कमाएको थेजिककम हुनसक्दछ।

किनभने कोरियाबाट आफ्नो कार्यकाल सम्पन्न गरी नेपाल फर्कने बेला थेजिककम बापतको रकम इन्छन अन्तराष्ट्रिय बिमानस्थलको अध्यागमन कटेपछि कोरियाका बैंकले डलरमा भुक्तानी दिने गरेका छन्।

चैत्र ६ गते नेपालको एअरपोर्टको भन्सारमा ६ हजार ५८ डलर ह’राएपछि नुवाकोटका राम कुमारले तत्का’लै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सु’रक्षा प्र’हरी कार्यालयमा मौखिक रुपमा जानकारी गराएका थिए। जानकारी पाउने बित्तिकै विमानस्थल सुर’क्षामा खटिएको प्रह’रीले त्यहाँ जडित सिसीटीभी फुटेज तथा तत्कालै प्र’हरी परिचालन गरी खो’जत’लासको काम अघि बढायो।

प्रह’रीको सक्रियतामा उक्त ह’राएको रकम फेला पर्यो। ५ बर्ष कोरियाली भुमिमा पसिना बगाएको पैसा खेर गएन। परिश्रमको पैसा अन्तत राम कुमारको हातमा विमानस्थल प्रह’रीले थमायो। यो सह्रानिय कामका लागि विमानस्थल प्र’हरीलाई राम कुमार तथा सम्पूर्ण नेपालीहरुको तर्फबाट धेरै धेरै धन्यवाद।

प्रतिकृया दिनुहोस्