Monday, November 29

काभ्रेमा भिरबाट खसेका युवाको शव सेनाले निकाल्यो

March 21, 2021 235

काठमाडौं । नेपाली सेनाले काभ्रेको बेथानचोक गाउँपालिका–३ स्थित भिरबाट खसेर ज्यान गुमाएका निरोज रिजालको शव निकालेको छ । शुक्रवार बेथानचोक–३ मा ‘नाइट स्टे’ गएका रिजालको भिरबाट लडेर मृत्यु भएको थियो । नारायणस्थान मन्दिरको पश्चिमतर्फ खसेका रिजालको शव कालीजङ्ग गणबाट खटिएको माउन्टेन वारफेर तालिम प्राप्त सैनिकले निकालेका हुन् ।

काठमाडाैं, । रंगको पर्वका रूपमा स्थापित होलीको आज आइतबारदेखि विधिवत सुरुवात भएको छ । काठमाडाैँकाे वसन्तपुरमा विधिवत रूपमा चीर ठड्याएर हाेली सुरू गरिएकाे छ ।

“आइतबार बिहान ८ बजेर २६ मिनेटकाे साइतमा होलीको तीन छत्रे चीर हालेर विधिवत सुरुवात गरिएकाे हाे । वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि हाेली शुरु हुन्छ । यससँगै देशभर हाेलीकाे माैसम सुरू हुने मान्यता छ ।”

“हरेक वर्ष फागुन पूर्णिमाको दिन मनाइने होलीलाइ फागु-पूर्णिमा पनि भनिन्छ । यस वर्षकाे फागु पूर्णिमा पहाडमा चैत १५ गते र तराईमा चैत १६ गते परेकाे छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।

“साथै तराइमा हाेली गायन र नृत्यसहित विशेष किसिमले याे पर्व मनाइन्छ । विभिन्न समुदायको बसोबास रहेको तराईमा दुई/तीन दिनसम्म होली पर्व उल्लासमय रूपमा मनाउने चलन छ ।”

फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिँदै आएको छ । गत वर्ष काेराेना भाइरस महामारीका कारण भेला भएर, भीड जम्मा गरेर होली खेल्न निषेध गरिएकाे थियाे । यस वर्ष पनि स्वास्थ्य सावधानी अपनाएर पर्व मनाउनुपर्ने अवस्था कायमै छ ।

 

प्रतिकृया दिनुहोस्