दशै तिहारकाे बेला सबैलाई गाउघरको झल्को झलझली लगाउने लोकप्रिय गीत “नमुछे आमा दहीमा टीका” गीत पुन रेकर्डिङ भएको छ ।वरिष्ठ गायक एवं संगीतकार नारायण रायमाझीले सदाबहार लोकप्रिय “नमुछे आमा दहीमा टीका”लाई नेपाल आइडलबाट समय निकै चर्चामा रहेकी गायिका रचना रिमाल गरेर बजारमा ल्याएका छन्।
नारायण रायमाझीले आफ्नै स्वरमा २०५५ सालमा रेकर्डिङ गरिएको यस गीतलाई कृष्ण भक्त राई र लक्ष्मी न्यौपानेको स्वरमा २०५८ मा पुन रेकर्डिङ गरिएको थियो । सारा नेपालीको मन मनमा बस्न सफल यस गीतलाई नारायण रायमाझी र रचना रिमालको स्वरमा पुन रेकर्डिङ गरिएको हो ।
गीतलाई लक्ष्मण रायमाझीले लेखेका हुन् भने संगीत नारायण रायमाझीकै रहेको छ । यस गीतको भिडियो यहि आउँदो शुक्रबार सार्वजनिक गर्ने बताएका छन् । भिडियोमा अञ्जलि अधिकारी, देबेन्द्र बब्लु लगायतका कलाकारहरुको अभिनय देख्न पाइनेछ ।
यो पनि पढ्नुहोस्[]]
सुजन बाबु घले गुरुङ भाईको गीत रेकर्डिङ भएको छ । आफ्नो गीत गाउने सपना पुरा भईरहँदा सुजनले बि रामी आमालाई सम्झिएर भावुक भए ।
११ बर्षको उमेरमा स्कुल ड्रेसमै भागेर काठमाडौं आएर अनेक सँघर्ष गर्दै बस चालक बनेका सुजन भाईले सुमधुर स्वरकी धनी रचना रिमाल बहिनीसँग आफ्नो पहिलो गीत गाए ।
‘दुई दिनको जिन्दगीमा’ शिर्षकको गीत असोज १७ गते शुक्रबार तपाई माँझ ल्याउने तयारी छ । अर्को लुकेको प्रतिभालाई सबैको साथ र सहयोगले अगाडी ल्याउन सफल भईरहँदा खुशी छु । [][]
हेर्नुहोस भिडियो ।[][]
[][]
प्रतिकृया दिनुहोस्