Tuesday, September 21

आज सुनको मूल्य महिनाकै सस्तो, किनबेच गर्नेको घुँईचो

March 21, 2021 584

सुनको मूल्य यो महिनाकै सस्तो भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य ८५ हजार ६ सय निर्धारण भएको छ भने तेजावी सुनको मूल्य ८५ हजार १५० कायम भएको छ ।सोमबार छापावाल सुन ८६ हजार २ सय र तेजावी सुन ८५ हजार ७५० मा कारोबार भएको थियो ।फाल्गुनको पहिलो दिन ९० हजार ८ सय कायम भएको सुनको मूल्य त्यसपछिका दिनहरुमा लगातार घट्दो क्रममा रहेको छ । आज कायम भएको मूल्य यो महिनाकै सस्तो मूल्य हो । सुनको मूल्य अझै घट्ने अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस्