Sunday, April 11

श्रीकृष्णको फोटो बेडमा राख्ने सर्तमा बिहे गरेको हुँ – श्वेता खडका (भिडियो हेर्नुस्)

March 21, 2021 239

नायिका श्वेता खड्का पछिल्लो एक हप्तादेखि विबाहका कारण थप चर्चामा छिन् । कहाँ भेटिएला, कोहिनुर, कान्छी, लगायतका फिल्ममा अभिनय गरेरकी सामाजिक अभियन्ता समेत रहेकी नायिका श्वेताले धनगढीका प्रेमी विजयन्द्र सिंह रावतसँग विवाह गर्ने ।

निर्णय गरेपनि उनले प्रेमी समेत रहेका विजयन्द्रलाई बेडरुममा श्रीकृष्णको फोटो राख्ने सर्त भने राखेको बताएकी छिन् ।
केही वर्षअघि दोस्रो विबाहका बारेमा इन्कार गर्दै ।

आएकी श्वेताले पछिल्ला दिनमा ‘जसले मेरो बेड रूममा मेरा पुर्वपती श्री हजुरको फोटो राख्न दिन्छ अनि म त्यो मान्छेसंग विवाहको बारेमा सोच्छु भन्दै आएकी थिइन् ।

सोही शर्त विजयन्द्रले स्विकार गरेपछि उनीहरुको विवाह यही मंसिर २२ गते हुने भएको छ । श्वेता र विजयन्द्र केही समयदेखि प्रेममा रहेको चलचित्र वृत्तमा चर्चा भए पनि उनले अस्विकार गर्दै आएकी थिइन् ।

श्वेताले २०७१ असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । विवाह गरेको महिनादिनमै श्रीकृष्णले यो संसारबाट विदा मागेर गएका थिय । श्वेता खड्का र श्रीकृष्ण श्रेष्ठले अभिनय गरेको अन्तिम फिल्म कोहिनुर हेर्नुहोस्।

प्रतिकृया दिनुहोस्