Sunday, April 11

मलेसिया जाने भनेर ढाँटेर लिएको १ लाख रुपैयाँ ऋणबाट ११ होटलको मालिक

March 20, 2021 219

चितवन : आफन्तसँग ढाँटेर एक लाख रुपैयाँ ऋण लिएर व्यवसाय सुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको मालिक बनेका छन्। नेपालमै व्यवसाय गर्छु भन्दा ऋण नपत्याइएपछि विदेश जान भन्दै ऋण लिएका गुल्मीका शंकर भण्डारीको नेतृत्वमा अहिले ११ होटल र रेष्टुराँ छन्।
२०३९ सालमा गुल्मीको तत्कालीन रुपकोटमा जन्मिएका भण्डारीले २०५९ सालमा आफन्तसँग एक लाख ऋण लिएर साझेदारीमा काठमाडौँको सुन्धारामा होटल सुरु गरे। मान्यजन आफन्तसँग काम गर्दा आफू होचिएको महसुस गरेसँगै उनले नजिकै परिवारले हेर्ने गरी किराना पसल थप गरे। पसल सञ्चालनका लागि थोरै पैसा ऋण पाएपछि सोही पैसाले किराना पसल सुरु गरे। पसलमा सामान राख्ने ठाउँ खुला देखिएपछि अन्यत्रबाट खाली कार्टुन ल्याएर र्‍याक भरेको उनले स्मरण गरे।

प्रतिकृया दिनुहोस्