Wednesday, April 14

वडाध्यक्ष स्थानीय एक महिलासँग शङ्कास्पदरूपमा भेटिए

March 20, 2021 123

दोगडाकेदार गाउँपालिका–७ का वडाध्यक्ष भरत महरा स्थानीय एक महिलासँग शङ्कास्पदरूपमा भेटिएका छन् । शङ्कास्पदरूपमा भेटिएका वडाध्यक्ष र ती महिलालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

उनीहरु दुवैलाई बिहान ३ः०० बजे स्थानीय खोचलेक बजारको एक होटलको कोठाबाट नियन्त्रणमा लिइएको हो । उनीहरु दुवै कोठामा रहेको भन्ने जानकारी वडाअध्यक्ष महराकी श्रीमतीले पाएपछि उनले नै प्रहरीलाई खबर गरेकी थिइन् ।शङ्कास्पद भेटिएका दुवै जनालाई जिल्ला ल्याइन लागिएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए ।

‘दुवै जनालाई एउटै कोठाबाट नियन्त्रणमा लिएका हौँ, जिल्ला ल्याइँदैछ’, उनले भने, ‘जिल्ला ल्याइँदैछ थप बुझ्छौँ, अहिले नै सबै कुरा भन्न सकिने अवस्था छैन, पार्टीको काम भएकाले सँगै कोठामा बसेको भन्नेछ ।’

यो पनि, कमलपोखरीमा दुई करोड ५० लाख लिटर पानी भर्ने तयारी

काठमाडौँ महानगरपालिकाले केही दिनभित्र कमलपोखरीमा दुई करोड ५० लाख लिटर पानी भर्ने तयारी गरेको छ । पोखरीको पहिलो चरणरको पुनःनिर्माण यही चैत मसान्तसम्ममा सम्पन्न गर्ने र पोखरीमा पानी भर्ने तयारी रहेको महानगरपालिकाले जानकारी गराएको छ ।

नगर प्रमुख विद्यासुन्दर शाक्यले कामको प्रगतिबारेमा जानकारी दिँदै भने, “पोखरी पुनःनिर्माणको काम ७० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ, अबको केही दिनमै हामी पोखरीमा दुई करोड ५० लाख लिटर पानी भर्ने तयारीमा छौँ, हल्ला गरेजस्तो गरेर हामीले पोखरीको बीचमा कङ्क्रिटको कमल राख्दैनौँ, पोखरी शतप्रतिशत वास्तुशास्त्रमा आधारित छ ।”

पोखरीको डिजाइनका बारेमा जानकारी दिँदै उनले पोखरीको चार कुनामा आकर्षक र संस्कृति झल्किने चारवटा मण्डप तथा पूर्वतिर मूलढोकासँगै एउटा गरी पाँचवटा मण्डप रहने बताए ।

वडा नं १ मा पुनःनिर्माण भइरहेको कमलपोखरीमा करिब रु छ करोड ३६ लाखको लगानी छ । पोखरी करिब २३ रोपनी १४ आना क्षेत्रफलमा फैलिएको छ । कमलपोखरीमा नौवटा चैत्य रहनेछन् भने पोखरी छिर्ने द्वारलाई नेपाली स्वरुप दिइने छ । पोखरी निर्माणमा नेपाली इँटा र दर्शनढुङ्गा प्रयोग गरिने छ । पोखरी आसपासमा नेपालीपन झल्काउन झिङ्गटीका छानायुक्त संरचना हुनेछन् । पोखरीमा पाँचवटा मकरधारा निर्माण गरिने योजना छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

 

प्रतिकृया दिनुहोस्