Tuesday, July 27

बाग्लुङमा रहेको विश्वकै लामो झोलुंगे पुलको नाम जुराउनुस् : २५ हजार रुपैया इनाम पाउनुस्

March 20, 2021 292

काठमाडौ । बाग्लुङको बाङ्गेचौर र पर्वतको पाङ अदुवाबारी जोड्ने पुलको नाम जुराउनेले २५ हजार रुपैया इनाम पाउने भएको छ । ५६७ मिटर लामो झोलुङ्गे पुल गत साउनदेखि नै सञ्चालनमा छ। तर त्यो पुलको उपयुक्त नाम जुरेको छैन ।कालीगण्डकी नदीमाथि बनाइएको यो पुलले दुई बस्तीमात्र होइन, बाग्लुङ र पर्वत जिल्लालाई नै जोड्ने गरेको छ।नगरपालिकाका मेयर जनकराज पौडेल चीनबाट झोलुङ्गे पुलको लठ्ठा तान्ने मेसिन मगाए र पुल बनाएको बताएका छन् । सरकारको ११ करोड रुपैयाँ लागतमा यो पुल निर्माण गरेको हो । यो पुल बाग्लुङ नगरपालिकाले ‘संसारकै लामो झोलुङ्गे पुल’ दाबी गरिरहेको छ।नगरपालिकाले दिल्लीस्थित ‘गिनिज बुक अफ द वर्ल्ड रेकर्ड’मा सूचीकृत गर्ने पहल पनि गरिरहेको छ । सिङ्गल स्पाममा बनेको यस्तै खालको झोलुङ्गे पुल स्विट्जरल्याण्डमा रहेको आफूले थाहा पाएको मेयर पौडेलले बताएका छन् ।

प्रतिकृया दिनुहोस्