Saturday, April 17

सप्तरीमा गाई फर्ममा आगलागी हुँदा १८ गाई र दुई बाछा जलेर मृ त्यु,दाम्लो काट्दासमेत गाईहरू बाहिर नभागेपछि धेरै गाइ म रे

March 19, 2021 279

सप्तरी-सप्तरीमा गाई फर्ममा आगलागी भएको छ । आगलागीमा परी १८ गाई र दुई बाछाको जलेर मृत्यु भएको छ ।अग्निसाइर कृष्णसवरण नगरपालिका–५ स्थित आज बिहान अचानक आगो लागेको हो ।मनोज साह र दिनानाथ साहले सप्तरीको अग्निसाइर कृष्णसवरण नगरपालिका वडा न।–५ को महुली पुल नजिकै सञ्चालन गरेको कृष्णराम बहुउद्देश्यीय कृषि फर्मको गाई गोठमा ६० वटा गाई पालिएको मध्ये गाई र बाच्छासहित २० वटा जलेर मरेको अवस्थामा फेला परेको हो ।
गोठका कर्मचारीले देखेको र गाईको दाम्लो काट्दासमेत गाईहरू बाहिर नभागेर आगो बलेकै तिर भागेर पसेकाले निकै धेरै क्षति प्रहरीले जनाएको छ ।*

प्रतिकृया दिनुहोस्