Saturday, April 17

ल सबैलाई बधाई छ आज आउने APF को रिजल्ट को लागी कसरी हेर्ने त रिजल्ट यो लिंक क्लिक गर्नुहोला Website राख्देको छु।

March 19, 2021 338

सशस्त्र प्रहरी जवान पदको लिखित परिक्षाको नतिजा आज प्रकाशित हुने भएको छ । सशस्त्र प्रहरीबल मानव स्रोत विभाग,मानवश्रोत निर्देशनालय भर्ना तथा छनौट शाखाले हाम्रा खबर डटकमलाई दिएको जानकारी अनुसार कार्यालय समय भित्र नतिजा प्रकाशित गर्ने तयारी भैरहेको छ ।गएको आइतबार निर्देशनालयले एक सुचना प्रकाशित गर्दै आउदो चैत ६ गते रिजल्ट प्रकाशित हुने पुर्व जानकारी दिएको थियोे ।

२०७७।०६।२४ गते प्रकाशित विज्ञापन अनुसार खुला प्रतियोगिता द्धारा पदपुर्ति गरिने साधारण समहु,साधाराण उपसमुह सशस्त्र प्रहरी जवान पदको लोकसेवा आयोगद्धारा मिति २०७७।०९।१८ गते संचालन भएको लिखित परिक्षा नतिजा चैत १ गते अर्थात प्रकाशित गर्ने तयारी थियोे ।तर आवश्यक तयारी नपुगेपछि सुचना संशोधन गर्दै चैत ६ गते अर्थात आज प्रकाशित गर्न लागिएको हाे ।नतिजा कार्यालय समय भित्र वा www.apf.gov.np वेबसाइड बाट जानकारी लिन सकिने विभागले जानकारी दिएको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

प्रतिकृया दिनुहोस्