Wednesday, April 14

बर्दियामा बाघले मान्छे मा, रेको भन्दै बाघ समातियो

March 18, 2021 100

बाघको आ, क्र, म, णबाट स्थानीयको मृ, त्यु हुने क्रम बढेपछि बर्दियामा एउटा बाघ समातिएको छ । मानिसलाई आक्रमण गर्दै आ, तंक मच्याउने एउटा बाघलाई बर्दियाको गेरुवा क्षेत्रबाट बुधबार नि, यन्त्रणमा लिइएको हो ।

बर्दिया राष्ट्रिय निकुञ्ज र एकरनियाघाटको खाता जैविक मार्गमा स्थानीयमाथि आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको वन्यजन्तु विज्ञ एवं राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रवक्ता नरेश सुवेदीले जानकारी दिए ।

मंगलबार पनि उक्त बाघको आ, क्र, म, णमा परी बर्दिया राष्ट्रिय निकुञ्जको जंगलभित्र निगुरो टिप्न गएकी ६५ वर्षीया डल्लु राउतको मृ, त्यु भएको सुवेदीले बताए । हालसम्म बाघको आ, क्र, म, णबाट बर्दियाको खाता जैविक मार्ग क्षेत्रमा १० जनाको मृ, त्यु भइसकेको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, सेना र निकुञ्जका कर्मचारीहरुको संयुक्त प्रयासमा उक्त बाघलाई बर्दियाको गेरुवा गाउँपालिका–४ राजीपुरबाट नि, यन्त्रणमा लिइएको हो । बाघलाई नियन्त्रणमा लिन लट्याउने ओषधि प्रयोग गरिएको सुवेदीले बताए ।

नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जभित्र खोरमा राखिने सुवेदीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्