Sunday, April 11

नेपाली सेनाको मुख्यालय भद्रकालीस्थित भवनमा आगलागी

March 18, 2021 341

काठमाडौं । नेपाली सेनाको मुख्यालय भद्रकालीस्थित एक भवनमा आगलागी भएको छ ।

आर्मी अफिसर क्लबको साउना गर्ने कोठामा आगलागी भएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

साउना कोठामा भएको आगो नियन्त्रणमा आइसकेको र कुनै पनि क्षति नभएको प्रवक्ता पौडेलले बताए ।

आगो नियन्त्रणका लागि नेपाली सेनाको एउटा दमकल र दुई वटा पानी ट्याङ्कर, काठमाडौं महानगरको दुई वटा दमकललगायत सेनाका झण्डै डेढ सय जना खटिएका थिए ।

जङ्गीअड्डामा आगो लागेको हल्ला चलेको थियो । सैनिक प्रवक्ता पौडेलले भने जंगीअड्डामा नभई आर्मी अफिसर क्लबको एउटा कोटामा सामान्य आगो लागेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस्