Sunday, April 11

विमानस्थलमा धुवाँको मुस्लो दन्किएपछि सबको भागा भाग

March 18, 2021 322

पोखराको आकास बुधबार अपरान्हमा ढकमक्क बादलिएको थियो । केही दिनदेखि नियमित जस्तो बर्षा भइरहेकाले पानी पर्ने लख काट्दै थिए पोखरेलीहरु । मुसलधारे बर्षा हुनलाई आकाश अँधेरीको भन्दै अघिपछि भन्दा अगाडिनै घरभित्र पसेकी नागढुंगाकी जमुना पोखरेल घरबाट सामुन्ने रहेको पोखरा विमानस्थलभित्र अचानक धु,वाँको मुस्लो निस्किएपछि अत्तालिइन् । घर वरपरका छिमेकीलाई विमास्थलमा आगलागी भएको भन्दै हार गुहार गर्न थालिन् ।
हारगुहार सँगै बाहिर निस्किएका वरपरका मानिसहरु आत्तिए । कसैले बरुण यन्त्रलाई कसैले प्रहरीलाई फोन गर्न थाले । विमानस्थलभित्र ठूलै दुर्घ,टना भएको उनीहरुले अनुमान लगाए । त्यतिनै बेला साइरन बजाउँदै दमकलहरू दौडन थाले ।

प्रतिकृया दिनुहोस्