Sunday, April 11

चार छोराछोरीसहित कर्णाली नदीमा हामफालेकी सुकीको गर्भमा ४ महिने शि’शु

March 18, 2021 54

दैलेख : आठबीस नगरपालिका–३ निमायलकी ३५ वर्षीया सुकी बडुवालले चार छोराछोरीसहित कर्णाली नदीमा हाम फालेको घटनामा सबै जनाको पानीमा डुबेर मृ’त्यु भएको पो’स्ट’मा’र्टम रि’पो’र्टले देखाएको छ ।

जिल्ला अस्पतालले मृ’तक सबैको पो’स्ट’मा’र्टम गरी प्रहरीलाई बुझाएको रि’पोर्टमा उक्त निष्कर्ष उल्लेख छ । ‘रि’पो’र्ट हेर्दा सबै जनाको डुबेर मृ’त्यु भएको देखिन्छ,’ जिल्ला अस्पताल अछामका प्रमुख डा. अतुल भारद्वाजले भने ।

सुकीले अघिल्लो आइतबार छोरीहरू १४ वर्षीया कल्पना, ११ वर्षीया सरिता, ५ वर्षकी रजनी र छोरा ८ वर्षीय ललितसँगै कर्णाली नदीमा हाम फालेकी थिइन् । रि’पो’र्ट अनुसार सुकीको ग’र्भमा ४ महिनाको शि’शुसमेत थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार ग’र्भ’पतन गर्ने विषयमा सुकीका श्रीमान् मानसिंहसँग विवाद भइरहेको थियो ।

घ’ट’नाको दुई साताअघि दिदी नाता पर्ने नैना थापाले सुकीलाई केही रकम सापटी दिएकी थिइन् । ‘सापटीकै पैसाले श्रीमान्ले दिनदिनै मदिरा खाएर कुट्ने गरेकाले जन्मिएको बच्चाले पनि दुःख पाउँछ भन्दै उनले आ’त्म’ह’त्या गरेकी हुन सक्छिन्,’ उनले भनिन्, ‘लामो समयदेखि आफू श्रीमान्बाट पीडित भएको कुरा उनले मसँग पनि बताएकी थिइन् ।’ मानसिंहले पर’पुरु’षसँग सम्बन्ध भएको आरोप लगाउँदै सुकीलाई पटक–पटक यातनासमेत दिने गरेका थिए ।

प्रतिकृया दिनुहोस्